Logo

कनर म्याकग्रेगरले सन्यास लिने घोषणा



Spread the love

एजेन्सी । आयरल्याण्डका बक्सिङ खेलाडी कनर म्याकग्रेगरले सन्यास लिने घोषणा गरेका छन् । कनरले ट्वीट गर्दै बक्सिङ छाड्ने घोषणा गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्,‘ मित्रहरु ! मैले बक्सिङ्बाट सन्यास लिने घोषणा गरेको छु । सबैजनालाई मिठो सम्झनाको लागि धन्यवाद । ’

कनरले यसभन्दा अगाडि सन् २०१९ मा पनि सन्यास लिने घोषणा गरेका थिए । उनले चार वर्षमा तीनचोटि सन्यास लिने घोषणा गरिसकेका छन् ।

केही साता अगाडि म्याकग्रेगरको सामाजिक सञ्जालबाट सन्यासको कुनै संकेत थिएन । उनले आफू उत्कृष्ट एमएमए फाइटर बनेर करिअरको समाप्त गर्ने दाबी गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्