Logo

पहिलो वरीयतामा भनिएका बाबुराम भट्टराई किन झरे चौथोमा ?



Spread the love

२६ जेठ, काठमाडाैँ – जनता समाजवादी पार्टीले दुई अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकाे छ।

निर्वाचान आयोगमा दिएको निवेदन अनुसार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने भएका छन् ।

पार्टीको बरियता क्रममा पहिलो नाम ठाकुरको रहँदा बाबुराम भट्टराईको चौथो नम्वरमा परेको छ । बाबुराम पहिलो वरियताको अध्यक्ष भन्ने समाचार बाबुराम भट्टराईको सचिवालयको फेसबुक पेजमा दिउँसो राखिएको थियो ।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको थियो । तर, निर्वाचन आयोगमा पुग्दा उनको नाम ‘टिपेक्स’ले मेटेर अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

नेतृत्वको वरियतामा सहमति गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको तर निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेताको रूपमा जनाइएको छ ।

स्रोतका अनुसार पार्टिमा बरियता क्रमका विषयमा महन्थ ठाकुर र बाबुराम भट्टराईलाई बीच सहमति हुन हम्मेहम्मे परेको थियो । ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका समेत थिए ।

निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिए पनि उनले दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि चाैथो नम्बरमा राखिएको १ नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्