Logo

कोरोना नभएको भए माननीयज्यूहरु भैरहवाबाट कतार उड्न पाउनुहुन्थ्यो : मन्त्री भट्टराई



Spread the love

२६ जेठ, काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ठुलो असर पारेको बताएका छन् ।

उनले प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउने गरी तयारी गरिरहेको समेत जानकारी दिएका छन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पारेको असरबारे भने, “कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोभिडको स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ” ।

प्रतिक्रिया दिनुहोस्