Logo

धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा सरकार : स्वास्थ्यमन्त्री मन्त्री ढकाल



Spread the love

२६ जेठ, काठमाडाैँ – सरकार कोरोना भाइरस संक्रमणको पुष्टिका लागि धेरै पीसीआर परीक्षण गर्न नसक्ने बाध्यतामा रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ अघि कोरोना भाइरस संक्रमण परीक्षणको दर बढाउन नसक्ने बाध्यतामा रहेको बताएका हुन् ।

सात प्रदेशमा एकै साथ ठूला मेसिन किन्ने योजना बनाएको बताउँदै मन्त्री ढकालले असार १५ गतेदेखि दिनमा १० हजार स्वाब परीक्षण गर्न सक्ने समेत जानकारी दिएका छन् ।

नेपालमा १ लाख भन्दा बढीको पीसीआर परीक्षण भएको भन्दै मन्त्री ढकालले नेपालको परीक्षणको अवस्था एसियामै राम्रो रहेको जिकीर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्