Logo

लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने व्यक्तिलाई संसदमा रहने नैतिक आधार छैन : कमल थापा



Spread the love

२७ जेठ, काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने स्वीकार नगर्ने व्यक्तिलाई संसदमा रहने आधार नरहेको बताएका छन् ।

पार्टि अध्यक्ष थापाले ट्वीटरमा सांसद् सरिता गिरीको अन्तर्वार्ताको क्लिप शेयर गर्दै सो धारणा प्रस्तुत गरेका हुन् । उनले सांसद् गिरीले भनाई फिर्ता लिनुपर्ने वा सांसदको पद त्याग गर्नुपर्ने समेत धारणा प्रस्तुत गरेका छन् ।

सामाजवादी पार्टीकी सांसद सरिता गिरीले केही दिनयता लिम्पियाधुरा नेपालको भूभाग अन्तर्गत नपर्ने र नेपालको भूभागमा लिम्पियाधुरा पर्ने कुरा आँफुले स्वीकार नगर्ने बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्