Logo

लकडाउनमा ११ सयभन्दा धेरैले गरे आत्महत्या



Spread the love

काठमाडाैं । कोरोना महामारी नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत ११ देखि लकडाउन सुरु गरेको छ । चैत ११ देखि जेठ १७ सम्म लकडाउनमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेका छन् ।

हालसम्म कोरोना भाइरसबाट १४ जनाको मृत्यु भएको तर लकडाउनमा यति धेरैले आत्महत्या गर्दा लकडाउनको कठिन परिस्थितिबाट गुज्रिएको भान हुन्छ ।

जेठ १७ सम्म कोरोना भाइरसबाट जम्मा ६ जनाको मृत्यु भएको थियो ।

लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाले आत्महत्या गरेको प्रहरीको आंकडा रहेको छ ।

उपत्यकामा दिनमा एक जनाले आत्महत्या गरेको आंकडा रहेको छ । बाग्मती प्रदेशमा लकडाउन सुरु भए लगत्तै ६९ दिनमा दुई सय ३१ जनाले आत्महत्या गरेका छन् ।

प्रदेशको हिसाबले प्रदेश ५ मा आत्महत्या गर्ने संख्या धेरै रहेको छ । प्रदेश ५ मा दुई सय ४२ जनाले आत्महत्या गरेका छन् । कोरोनाबाट दोस्रो प्रभावित प्रदेश हो प्रदेश ५ । प्रदेश ५ मा कोरोना भाइरसबाट ४ जनाको ज्यान गइसकेको छ ।

डब्ल्यूएचओका अनुसार १८३ देशमध्ये नेपाल ८१ औँ स्थानमा रहेको छ । लकडाउन सुरु भएपछि पाँच सय ७१ पुरुष, तीन सय ९६ महिला, ५१ बालक र ८६ बालिकाले आत्महत्या गरिसकेका छन् । विज्ञहरु कोरोना भाइरसको बेलामा साना–साना कुरामा पनि आत्महत्या गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्