Logo

मनसुन भित्रिन अझै केही दिन लाग्ने



Spread the love

२८ जेठ, काठमाडाैँ – नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलले भन्नुभयो ।

यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्