Logo

भारतले तोक्यो प्याजको निर्यात मूल्य-हेर्नुहोस् प्याजको न्यूनतम निर्यात मूल्य कती ?



Spread the love

भारतीय आन्तरिक बजारमा प्याज अभाव भइरहेका वेला निर्यात निरुत्साहित गर्न सरकारले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।


निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय ५० अमेरिकी डलर (करिब ८५ हजार रुपैयाँ) निर्धारण गरिएको भारतको उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार तथा लगानी नियामक निकाय वैदेशिक व्यापार महानिर्देशनलायले जानकारी दिएको छ । हाल अस्थायी रूपमा लागू गरिएको यो व्यवस्था डिसेम्बर महिनासम्म मात्र लागू हने महानिर्देशनालयले स्पष्ट पारेको छ । हालसम्म भारतले प्याजमा अनिवार्य निर्यात मूल्य तोकेको थिएन ।

‘डिसेम्बर ३१ सन् २०१७ सम्म सबैखाले प्याज निर्यात गर्दा प्रतिटन ८ सय ५० अमेरिकी डलर न्यूनतम निर्यात मूल्य कायम गरी सरकारको स्वीकृति लिएर मात्र निर्यात गर्नुपर्नेछ’ महानिर्देशनालबाट बिहीबार जारी गरिएको एक सूचनामा बताइएको छ ।

यसअघि खाद्य तथा उपभोक्ता मन्त्रालयले प्याजको मूल्य ७ सय डलर प्रतिटन तोक्न वाणिज्य मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, अहिले बजारमा प्याजको व्यापक अभाव देखिएको भन्दै समाधानका लागि सरकारले निर्यात निरुत्साहित गर्न मन्त्रालयले सिफारिस गरेको भन्दा पनि १ सय ५० डलर थप गरी न्यूनतम मूल्य तोकेको होे ।

सन् २०१५ को डिसेम्बर महिनामा खाद्य मन्त्रालयले प्याजको न्यूनतम निर्यात मूल्य तोक्न वाणिज्य मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, अहिले भारतीय बजारमा प्याजको अभाव भएकाले माग पूरा गर्न नसक्दा आन्तरिक बजारमा प्याजको मूल्यमा तीव्र वृद्धि भएको छ । यस वर्ष भारतमा प्याजको उत्पादनका लागि मौसम अनुकूल नबन्दा करिब ३० प्रतिशत उत्पादन कम हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्