Logo

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोना संक्रमित



Spread the love


एजेन्सी । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अफ्रिदीले ट्वीट गर्दै कोरोना संक्रमित भएको बताएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘म बिहीबारबाट अस्वस्थ भएको महसुस गरेको छु । मेरो शरीर निकै दुखिरहेको छ । मैले कोरोना परीक्षण गरेको छु र म रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छु । शीघ्र स्वस्थको लागि प्रार्थनाको आवश्यक छ । ’

पाकिस्तानी क्रिकेट, शोयब अख्तर, आकाश चोपडा लगायतकाहरुले शाहिदको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्