Logo

टिक टक बनाउँदा ज्यान गयो



Spread the love

मृत्यु भएका २२ वर्षीय युवक

एजेन्सी । टिक टक बनाउने चक्करमा धेरै युवाको ज्यान गइसकेको छ । तर, पनि कसैले पाठ लिएका छैनन् । तमिलनाडुमा २२ वर्षीय युवकले टिक टक भिडियो बनाउने क्रममा माछा घाँटीमा अड्किएर ज्यान गएको छ ।

खासमा उक्त युवक नदीमा माछा मार्न गएका थिए । उनलाई जिउँदो माछा निलेर टिक टक भिडियो बनाउने आइडिया आयो । सोही क्रममा उनको घाँटीमा माछा अड्कियो अनि ज्यान गयो ।

माछा घाँटीमा अड्किएपछि उनका साथीहरुले सहयोग गर्दा पनि निस्किएन । त्यसपछि साथीहरुले उनलाई सरकारी अस्पतालमा लिएर गए, जहाँ डाक्टरले उक्त युवकलाई मृत घोषणा गरे ।

जानकारीका अनुसार भिडियो बनाउनुभन्दा पहिला युवकले आफ्ना साथीहरुसँग मिलेर शराबको सेवन गरेका थिए ।

प्रहरीले यस केसलाई अप्राकृतिक मृत्यु भनी दर्ता गरेको छ । मृतकका साथीहरुलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्