Logo

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको ६ चार्टर्ड उडान रद्द



Spread the love

२ असार, काठमाडौं । समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको ६ चार्टर्ड उडान रद्द भएको छ । प्राविधिक कारण देखाउँदै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले स्वदेश फिर्तीका लागि तय भएका उडानहरु रद्द गरेका हुन् ।

सरकारले तय गरेको कार्यतालिका अनुसार आज साउदी, कतार, यूएई, माल्दिभ्सबाट नेपाली फर्कन पर्ने हो, तर यी देशबाट हुने उडानहरु त्यहाँ रहेका नेपाली दूतावासले रद्द गरिसकेका छन् ।

यूएईबाट आज मंगलबार र पर्सि बिहीबारलाई तय भएको उडान पनि रद्द भएको छ । नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्