Logo

सर्वोच्चले म्याच फिक्सिङको आरोप लागेका पूर्वकप्तान सागर थापासहित ५ जनालाई दियो सफाई



Spread the love

२ असार, काठमाडौँ । नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो।

२ वर्षअघि विशेष अदातलबाट सफाई पाएका थापासहित ५ जनाको मुद्दा सरकारी वकिलले सर्वोच्चमा लगेका थिए।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्