Logo

सोमबार बाँकेमा मृत्यु भएकी ४६ वर्षिय महिलामा कोरोना पुष्टि, शव व्यवस्थापनको तयारी



Spread the love

३ असार, नेपालगन्ज। बाँकेको कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।

दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरीएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको मृत्यु भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष भद्रबहादुर बस्‍नेतले जानकारी दिए । वडाध्यक्ष बस्‍नेतले मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए ।

यसअघि बाँकेमा नरैनापुर गाउँपालिका ५ को क्‍वारेन्टाइनमा भारतबाट आएका एक युवकको पनि कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाको विषयमा भने मन्त्रालयले अहिलेसम्म आधिकारिक पुष्टि गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्