Logo

कोपा इटालियाको लागि युभेन्टस र नापोली भिड्दै



Spread the love

एजेन्सी । कोपा इटालियाको फाइनलमा युभेन्टस र नापोली भिड्दै छन् । आज राति १२ः४५ बजेबाट रोमको स्टाडिओ आलम्पिको मैदानमा दुबै टिम उपाधिको लागि उत्रिनेछन् ।

सेमिफाइनलमा युभेन्टसले एसी मिलान र नापोलीले इन्टर मिलानलाई हराइ फाइनलमा आएका हुन् ।
तीन महिनाको कोरोनाको कहरपछि कोपा इटालीया सुरु भएको थियो । सिरी ए भने यो साता सुरु हुँदैछ ।

नापोलीले अन्तिम पटक सन् २०१४ मा कोपा इटालियाको ट्रफी उचालेको थियो । युभेन्टसले भने कोपा इटालियाको उपाधि १३ पटक जितिसकेको छ ।

बितेकाे सिजन भने लाजियाेले काेपा इटालिया हात पारेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्