Logo

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि



Spread the love

३ असार, काठमाडौँ । बाँकेको कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।

गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ति महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्