Logo

कोरोनालाई जितेर आज ९ जना डिस्चार्ज भए, निको हुनेको संख्या ११६७ पुग्यो



Spread the love

३ असार, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जना कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ११६७ पुगेको छ। त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका छन्।

यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्