Logo

के नेपाली फिल्ममा नातावाद छ ?



Spread the love


काठमाडौं । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आइतबार मुम्बईको अपार्टमेन्टमा झुण्डिएर देह त्याग गरे । उनको निधनसँगै बलिउड स्तब्धमा मात्र नभई नातावादको बहसमा पनि खुब मुछिएको छ । सुशान्तलाई बलिउड बाहिरको भनी हेला गरिएको र सोही कुरामा उनी डिप्रेशन हुँदै ज्यान फालेको धेरैको अनुमान रहेको छ ।

भारतमा नातावाद अत्याधिक देख्न सकिन्छ । कपुर खानदान, यशराज फिल्म्स, सलमान खान, करण जोहर र राकेश रोशनलाई नातावादको आरोप लागेको छ ।

के नेपाली सिनेमामा नातावाद छ त ? आउनुहोस्, यस बारेमा छलफल गरौँ ।

बलिउडमा नातावादको बहस सुरु भएसँगै नेपालमा पनि केही कलाकारहरु बहसको पछि लागेका छन् ।

कुराको सुरु गरौँ भुवन केसीबाट । भुवन केसीले आफ्नो प्रोडक्सन ब्यानरमा फिल्म बनाउँदा आफ्ना पुत्र अनमोल केसीलाई नै लिन्छन् । अनमोललाई लिए पनि भुवन केसीले नातावादलाई बढावा दिएको देखिंदैन । अनमोल आफ्नै मेहनतले चर्चामा छन् ।

करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भनिएको थियो । कोरोनाले गर्दा छायांकन रोकिएको छ । झरना थापाकी छोरी सुहाना थापा पनि आफ्नै प्रोडक्सनमा व्यस्त हुन्छिन् । यसैगरी टिका पहारीका छोरा गौरव पहारी कलिउडमा जम्न सकेका छैनन् । शिव श्रेष्ठका छोरा पनि कलिउडमा आउने भन्ने चर्चा धेरै चलेपनि आउन सकेका छैनन् ।

नायिका वर्षा शिवाकोटीले भने कलिउडमा ग्रुपिजम धेरै भएको आरोप लगाएकी छिन् । केही कलाकारले मात्र काम पाइरहेको र अरु डिप्रेशनको शिकार भएको बताएकी छिन् । वर्षाले आफू डिप्रेशनको शिकार हुनुको कारण ग्रुपिजमलाई मानेकी छिन् ।

नायिका नम्रता सापकोटाले पनि कलिउडमा नातावाद हावी भएको जनाएकी छिन् । कलालाई भन्दा आफ्ना मानिसलाई यहाँ धेरै सहयोग हुने भनेर उनले भनेकी छिन् ।

नेपालमा त्यतिसारो नातावाद देखिंदैन । भएपनि उनीहरु त्यति सफल भएको मानिंदैनन् । बरु कलिउडबाहिरबाट आएकाहरुले राम्रो अभिनय गरेको देख्न सकिन्छ ।

बरू आगामी दिनमा आफ्नाभन्दा पनि कलाको सम्मान गरी अगाडि बढ्दा कलाको पनि सम्मान हुनुका साथै सम्बन्धित व्यक्तिलाई पनि विभिन्न कठिनाइहरुबाट गुज्रिनु पर्ने थिएन ।

प्रतिक्रिया दिनुहोस्