Logo

आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि



Spread the love

३ असार, सुर्खेत – आत्महत्या गरेकी युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । असार १ गते आत्महत्या गरेकी ती युवतीको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

आत्महत्या गरेकी उनको शव पोस्टमार्टम गर्नुअघि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा पोजेटेभि देखिएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन् ।

२५ वर्षिया उनले घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

उनी जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्