Logo

अगस्ट ७ तारिखदेखि च्याम्पियन्स लिग सुरू हुने, सबै खेल खालि रंगशालामा



Spread the love

३ असार, एजेन्सि – कोरोना भाइरसका कारण अधुरै रोकिएको युरोपियन च्याम्पियन्स लिग अगस्ट ७ तारिखदेखी सुचारू हुने भएको छ ।

बुधबार भएको निर्णयमा च्यान्पिन्स लिगका ११ खेल १६ दिनमा सक्नेगरी तालिका बनाइएको छ ।

युरोपेली फुटबल संघले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम १६ अन्तर्गत बाँकी रहेका खेलहरू पुरानै शैलीमा खेलाइनेछ भने क्वाटर फाइनलपछिका खेलहरू नकआउट शैलीमा खेलाइनेछ ।

सबै खेलहरू खाली रंगशालामा हुनेछन् भने च्याम्पियन्स लिगको फाइनल लगायत क्वाटरफाइनल र सेमीफाइनलका खेलहरू पनि पोर्चुगलको राजधानी लिस्वनमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्