Logo

फेरी उम्किए प्रहरी छापामा रामबहादुर बमजन



Spread the love

४ असार, काठमाडौ । प्रहरीले सिन्धुलीस्थित रामबहादुर बमजनको आश्रममा फेरि छापा मारेको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको हो ।

बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप लागेको छ।

बम्जन आश्रममा प्रहरीले छापा हानेको यो तेस्रो पटक हो । पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्