Logo

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८२७४



Spread the love

५ असार, काठमाडौँ । नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा संक्रमित हुनेको संख्या ८२७४ पुगेको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा चार सय २६ लाई संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

दुई सय १६ जनालाई शुक्रवार कोरोना संक्रमणबाट निको भएका छन्। हालसम्म जम्मा १४ सय २ जनाले कोरोना संक्रमण जितेका छन्।

प्रतिक्रिया दिनुहोस्