Logo

७ वर्षपछि विदेशी बुहारीलाई नागरिकता दिन सकिने नेकपाको निर्णय



Spread the love

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिन सकिने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्ने अंगीकृत नागरिकताबारे भएको छलफलमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि नेपालमा वैवाहिक अंगीकृत नागरिकता पाउन सक्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्