Logo

होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि



Spread the love

६ असार, तम्घास । गुल्मीमा बिहीबार राति होम क्वारेन्टाइनमा मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । भारतबाट जेठ २५ गते आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । परिवारको सहमति अनुसार शवलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्