Logo

गुल्मी दुर्घटना अप्डेट : मृत्यु हुनेको संख्या दुई पुग्यो



Spread the love

६ असार, गुल्मी – गुल्मीमा भएको दुर्घटनामा थप एक जनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा शनिबार जिप पहिरोमा पुरिँदा सोहि वडाका वर्ष १८ तुल्सिराम काउछको घटना स्थलमै ज्यान गएको थियो भने अन्य दुई गम्भीर सहित पाँच जना गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते मध्ये वर्ष २२ का चालक प्रदिप पुनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको गुल्मीका ट्राफिक प्रमुख राजिव श्रेष्ठले जानकारी दिएका छन् ।

अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जिपमा छ जना सवार रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस् :

गुल्मीमा पहिरोले जिप पुरिंदा एकको मृत्यु, दुई गम्भीर सहित पाँच जना घाईते

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्