Logo

रुखहरु कहाँ काटिँदैछन् विवरण मोवाईलमा आउने सफ्टवेयरको विकास



Spread the love

दुई बर्षअघि पुंस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले बैज्ञानिक व व्यवस्थापनमा रोक लगायो ।

उमेर पुगिसके का बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो ।

यसको कारणमा यसरी काटिएका रुख बेचविखनमा मदमासी हुन्छ भन्ने समितिका सदस्यको दावी थियो ।

समितिको यो निर्णयबाट वनविज्ञ बढेपछि समितिले आफ्नो निर्णय फिर्ता लियो । त्यति बेला समितिका सदस्यले व्यक्त गरेको चासोलाई नवलपुरासीका जिल्ला बन अधिकृत विजयराज सुवेदीले अहिले सम्बोधन गरेका छन् ।

उनले बैज्ञानिक वन व्यस्थापनलाई पारदर्शी बनाउनउ बनजंगलका रुख र तीबाट निस्कने काठ व्यवस्थित गर्न एक किसिमको सफ्टवेयर विकास गरेका छन् ।

उनले वन व्यवस्थापनका क्रममा काट्नुपर्ने रुखको विवरण मोवाईलमा भएका सफ्टवेरमा राखेका छन् ।
मोवाईलमा राख्नेवितिकै ती रुखहरु काटिँदैछन् भन्ने जानकारी प्राप्त हुन्छ भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्