Logo

टेबलटेनिस मुख्य प्रशिक्षकमा ढुङ्गेल



Spread the love

७ असार, काठमाडाैँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई उक्त जिम्मेवारी दिएको राखेप प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

विसं २०५२ मा सहायक प्रशिक्षकबाट राष्ट्रिय खेलकूद परिषद्को सेवामा प्रवेश गरेका ४९ वर्षीय ढुङ्गेल २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उनले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपालले १३औँ सागमा टेबलटेनिसमा एक रजत र चार कांस्यपदक जितेको थियो । ढुङ्गेलले टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्