Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, जोखिम भने कायमै



Spread the love

८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ सय ६२ जनाको मृत्यु भएको छ भने हिजो २१ तारिकमा ७ सय ६२ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख २२ हजार २ सय ४७ जनाको मृत्यु भएको छ भने २३ लाख ५६ हजार भन्दा बढी संक्रमित भएका छन् । ९ लाख ८० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्