Logo

पाकिस्तानका ३ क्रिकेट खेलाडी कोरोना संक्रमित



Spread the love


एजेन्सी । इङ्ल्याण्डको यात्रामा निस्किनुभन्दा पहिला पाकिस्तानका तीन क्रिकेटर कोरोना संक्रमित भएका छन् । यस साताको अन्तिममा यी क्रिकेटर इङ्ल्याण्डतर्फ प्रस्थान गर्दै थिए ।

प्रस्थान गर्नुभन्दा पहिला कोरोना परीक्षण गर्नुपर्ने थियो । सोही परीक्षणमा क्रिकेटरहरु संक्रमित पाइएका हुन् ।

पाकिस्तान–इङ्ल्याण्डको टेस्ट क्रिकेट सिरिज जुलाइमा सुरु हुँदैछ ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १८ हजार पुगेको छ । यसका साथै ३६९५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्