Logo

पाकिस्तानका थप सात क्रिकेट खेलाडी पनि कोरोना संक्रमित



Spread the love

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना सात खेलाडी फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना संक्रमण भएको बताएको छ ।

यसभन्दा पहिला सोमबार पाकिस्तानको क्रिकेट बोर्डले शादाब खान, हारिस रउफ र हैदर अली कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।

बितेको दुई दिनमा पाकिस्तानमा दस क्रिकेटर कोरोना भाइरसको चपेटामा आएका छन् ।

पाकिस्तानमा कोरोना भाइरसबाट एक लाख ८८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने तीन हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्