Logo

सुनको मूल्य अहिलेसमकै सबैभन्दा धेरै



Spread the love

असार १४, काठमाडौं । सुनको मूल्य फेरि बढेको छ ।

शुक्रबार ९० हजार ६०० सयमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

पछिल्लो समयमा नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ । यसैगरी महासंघले तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ तोकेको छ ।

चाँदीको पनि भाउ बढेको छ । शुक्रबार ९४० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदी आइतबार प्रतितोला ९५५ भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्