Logo

अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने



Spread the love

शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् । शिक्षाक्षेत्रका विज्ञहरूले समेत विषयगत लाइसेन्स दिने कुरामा सकारात्मक प्रतिक्रिया दिएका छन् । एकभन्दा बढी विषयमा लाइसेन्स लिन चाहनेलाई समेत उपलब्ध गराउन सक्ने गरी तयारी गरेको हो ।

 

निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स
आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने गरेको छ । आयोगका अनुसार तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेका छन् । ‘शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ, निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स दिनुपर्छ भन्नेमा लागेका छौँ,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने ।

 

साढे सात लाखसँग अध्यापन अनुमतिपत्र
आयोगका अनुसार अहिलेसम्म साढे सात लाखले लाइसेन्स लिएका छन् । ०६१ देखि वितरण गर्न सुरु गरेकामा ०७४ सम्ममा सात लाख ६५ ले लाइसेन्स लिएका छन् । आयोगका अनुसार सबैभन्दा बढी निमावि तहका लागि अध्यापन अनुमतिपत्र वितरण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्