Logo

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुग्यो



Spread the love

१६ असार, अछाम – क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तापछि मृत्यु भएका पुरूषमा कोरोना पोजेटिभ देखिएको छ ।

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएको एक हप्तामा मृत्यु भएका अछामका पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्लाको रामारोशन गाउँपालिकाका स्वास्थ्य इन्चार्ज प्रभुनाथ देवकोटाले बताए अनुसार त्यहाँका ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

सास फेर्न समस्या, पखाला लागिरहने, खोकी लागिरहने जस्ता लक्षण देखिएपछि बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको बताइएको छ ।

मृतक पुरूषको शव छोरा र भाइले सोमबार व्यवस्थापन गरेका थिए ।

अछामका मृत पुरूषसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्