Logo

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित



Spread the love

१९ असार, पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गर्दै थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो ।

शुक्रबार पुष्टि भएका कोरोना संक्रमण भएकाहरू नवलपरासीका १९, तनहुँका ९, पर्वतका ३ र बाग्लुङका १ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्