Logo

सरकारले सेनालाई दियो ७ वटा हेलिकोप्टर किन्ने अनुमति- यस्तो छ कारण



Spread the love

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ ।

विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो भन्ने खबर आजको कारोबारमा छापिएको छ ।

 

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।

कहाँबाट कति खरिद ?(तस्विर हेर्नुहोस्)

यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्