Logo

प्रधानमन्त्रीका लागि प्रचन्ड मात्र उम्मेद्वार



Spread the love

prachand

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका छन्।

प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरा, उपेन्द्र यादवसहितका नेताहरु छन् ।
अघिल्लो दिनसम्म एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  अब प्रचन्ड मात्र एक्लो उम्मेद्वार छन्। एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् । संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ ।
संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २८८ मत आवश्यक पर्छ । अहिले सम्म प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद उभिएका छन्। जुन मतले सजिलै बहुमत पुग्छ।

प्रतिक्रिया दिनुहोस्