Logo

आमाको शब बोकेरै गए भोट हाल्न !



Spread the love

पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

१०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो । 

‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने ।

दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत हाल्न आएको उनले बताए ।

उनले शोकमा दिएको मतको सदुपयोग हुने विश्वास लिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्