Logo

जसले श्रीमतीलाई नै दिएनन् भोट



Spread the love

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह केही दिनअघि निर्वाचन प्रचार प्रसारका लागि गृह जिल्ला प्युठान पुगे । उनका श्रीमती तथा राष्ट्रिय जनमोर्चा (राजमो) उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिनिधिसभा उम्मेदवार छिन् ।

तर, सिंहले श्रीमती पौडेललाई मतदान भने गरेनन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

सिंह प्रचार सकेर १८ मंसिरमा नै काठमाडौं फर्किए । मतदानका लागि प्युठान गएनन् ।

राजमो नेकपा मसालको खुला मोर्चा हो । ०५१ सालदेखि  राजमोले निर्वाचनमा भाग लिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्