Logo

मास्क नलगाई बाहिर निस्किए कारबाहीमा परिने, कति तिर्नुपर्छ जरिबाना ?



Spread the love

२३ असार, काठमाडाैँ – लकडाउन खुकुलो भएसँगै मानिसहरूले लापरबाही गर्न थालेपछि सरकारले कारबाही गर्ने भएको छ ।

अबदेखि बाहिर निस्कनुपर्दा मास्क नलगाइ निस्किए सरकारले १ रूपैयाँ जरीवाना, १ महिना कैद अथवा दुबै खालको सजाय दिनसक्ने नियम ल्याएको छ ।

गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिँदै बिनामास्क घरबाहिर निस्किनेलाई पक्राउ गर्न भनेको छ भने गृहको निर्देशन मंगलबारदेखि देशभर लागू गरिने भएको छ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर हिँड्नेलाई पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

सर्वसाधारणले हेलचेक्र्याईं गरेर मास्कसमेत लगाउन छाडेपछि सरकारले यो नियम ल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्