Logo

पोखरा पहिरो अपडेट – मृतकको सनाखत, घाइतेकाे उपचार हुँदै



Spread the love

२६ असार, पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा गएको पहिरोमा परि ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।

मृत्य हुनेहरुमा टंकबहादुर थापाकी श्रीमती सोममाया थापा, ६ बर्षका नाती सुवान थापाको पहिचान भएको छ । यसैगरि घाइते हुनेहरुमा छोरी २२ बर्षकी पिंकी थापा र उनका छोरी ५ बर्षकी पिरिषा थापासँगै टंकबहादुरकी १८ बर्षकी छोरी आशा थापा, दमौली घर भएकी टंकबहादुरकी २८ बर्षकी छोरी सरस्वती थापा, छिमेकी १९ बर्षकी अनिशा तामाङ, छिमेकी बर्ष १९ को रशि थापा र १९ बर्षका रश्मी थापा रहेका छन् ।

घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्