Logo

२४ घण्टा याता ब्राजिलमा मृत्यु हुनेको संख्या संसारकै १ नम्बर सुचिमा !



Spread the love

२७ असार, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट १८ लाख ५ हजार भन्दा धेरै संक्रमित भएका छन् भने ७० हजार ५ सय भन्दा धेरै जनाको मृत्यु भएको छ । १२ लाख १३ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १ हजार २ सय ७० जनाको मृत्यु भएको छ भने हिजो बुधबार १ हाजार १ सय ८७ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा आज १ सय ५० सयले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ४५ हजार नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्