Logo

केएमसी अस्पतालमा कोरोना संक्रमित ५४ वर्षीय पुरुषको मृत्यु



Spread the love

२७ असार, काठमाडौं । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ५४ वर्षका पुरुष काठमाडौंको रहेको खुलासा भएको हो।

उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए। मिर्गौलाका विरामी रहेका उनको मृत्युपछि कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा पोजेटिभ आएको हो। नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्