Logo

काठमाडौंमा थप दुई जनामा संक्रमण



Spread the love

असार ३०, काठमाडौं । काठमाडौंमा थप दुई जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको बताएको छ ।

संक्रमितको कोरोना परीक्षण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिवि शिक्षण अस्पतालमा भएको थियो ।

भक्तपुर र ललितपुरमा कुनै पनि संक्रमित देखिएका छैनन् । काठमाडौंका दुई जना संक्रमितसहित थप ११६ जनामा संक्रमण देखा परेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १७ हजार ६१ पुगेको छ ।

हालसम्म ३८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ३२८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्