Logo

दलित समुदायका पहिलो सचिव



Spread the love

असार ३०, काठमाडौं । दलित समुदायका डा. मानबहादुर बिक नेपाल सरकारको सचिव पदमा पुगेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । सरकारको सचिव पदमा पुग्ने उनी पहिलो दलित हुन् ।

बिक खरिदारबाट सरकारी क्षेत्रमा प्रवेश गरेका थिए । उनी प्रमुख जिल्ला अधिकारी, श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको रुपमा रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्