Logo

अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसको भ्याक्सिनमा वैज्ञानिक आशावादी



Spread the love


एजेन्सी । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ भ्याक्सिनले प्रतिरक्षा प्रणालीमा फाइदा पुगेको छ । जुन कुराको आश वैज्ञानिकहरुले गरेका थिए ।

अब भने यस भ्याक्सिनको ट्रायल सुुरु हुँदैछ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फौसीले एसोसिएटेड प्रेससँग बोल्दै भने,‘यसलाई जति गहिरिएर हेरे पनि यो खुशीको कुरा नै हो ।’
नेशनल इन्स्च्यिुट अफ हेल्थ र मोडेरना इंकमा फौसीले सहकर्मीको साथमा यस भ्याक्सिनको विकास गरेका हुन् ।

२७ जुलाइबाट यस भाइरसको वृहत रुपमा ट्रायल सुरु हुनेछ । तीस हजार मानिसमा यसको परीक्षण गरिनेछ । उक्त परीक्षणबाट मानिसलाई बचाउन सकिने वा नसकिने कुराको निक्र्यौल हुनेछ ।

मंगलबार शोधकर्ताहरुले ४५ मानिसमा गरिएको परीक्षण जारी गरे । जुन नतिजाको पर्खाइ सबैलाई धेरै पहिलाबाट थियो ।

४५ जनाको शरीरमा न्यूट्रोलाइजिङ एन्टीबडी विकास भएको छ । जुन एन्टीबडीले संक्रमित रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

अन्तिम नजिता कहिले निस्किने हो भन्ने कुरामा अझै पक्का छैन तर सरकारले यस सालको अन्त्यसम्म ट्रायल पुरा गर्ने आशा गरेको छ ।

यस भ्याक्सिनको साइड इफेक्ट बारेमा एक महिनापछि फैसला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्