Logo

बढ्यो सुनको मूल्य



Spread the love


असार ३१, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलमा ६ सय रुपैयाँ बढेर बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आजसम्मकै उच्च मूल्यमा पुगेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ बढी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्