Logo

सर्पदंशबाट १७ वर्षीया किशोरीको गयो ज्यान



Spread the love


असार ३१, काठमाडौं । बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको ज्यान गएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ वर्षीया किशोरी भागरथी चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

मंगलबार बेलुका चन्दकाे घरकै आँगनमा सर्पले टोकेको थियो । उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । उनी कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्