Logo

भारतमा एकैदिन करिब ३० हजार संक्रमित



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसबाट एकैदिन करिब ३० हजार संक्रमित भएका छन् । बितेको २४ घण्टामा भारतमा २९ हजार ४२९ जना संक्रमित भएका छन् भने ५८२ जनाको ज्यान गएको छ ।

सरकारी तथ्यांक अनुसार भारतमा हालसम्म ९ लाख ३६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । जसमध्ये ५ लाख ९२ हजारभन्दा धेरै मानिस निको भइ घर फर्केका छन् । अझै पनि ३ लाख १९ हजार ८४० जना संक्रमितकाे उपचार चलिरहेको छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट २४ हजार ३०९ जनाले ज्यान गुमाइसकेका छन् । अधिकारीहरुले बुधबार रिकवरी रेट बढेर ६३.२० प्रतिशत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्