Logo

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ



Spread the love

असार ३१, काठमाडौं । कालिकाेटमा एक किशोरी बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका ६ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही वडाकै वडाध्यक्ष जगदिश शाही पक्राउ परेका हुन् ।

पीडितले दिएकाे बयानमा प्रहरीले शाहीलाई पक्राउ गरेकाे हाे ।

जगदिश शाहले ललाइफकाइ गरेर विगत तीन वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा उनलाई पक्रिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

प्रहरीले शाहीमाथि अनुसन्धान भइरहेको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्