Logo

भोलिदेखि एक बैंकको एटीएमबाट अर्को बैंकको एटीएममा पैसा निकाल्दा शुल्क लाग्ने



Spread the love

असार ३१, काठमाडौं । भोलि अर्थात् साउन १ गतेदेखि एक बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

कोरोना भाइरस र लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै बैंकहरुले शुल्क नलाग्ने सुविधा ल्याएका थिए । साउन १ गतेबाट उक्त सुविधा बन्द हुन लागेको हो ।

बुधबार बैंकर्स एसोसिएसनको बैठक बसेको थियो । उक्त बैठकले साउन एक गतेबाट शुल्क लाग्ने निर्णय गरेको छ । उक्त सुविधामा सबै बैंककाे लागत लाग्ने बताउँदै सधैं सुविधा दिन नसक्ने एसाेसिएसनले जनाएकाे छ ।

गत सालको चैत ७ गतेबाट बैंकहरुले एक बैंकको एटीएमबाट जुनसुकै बैंकको एटीएममा पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्