Logo

सह–सचिवको अन्तर्वार्ता अन्तिम समयमा स्थगित



Spread the love

असार ३१, काठमाडौं । लोकसेवा आयोगले अन्तिम समयमा सहसचिव पदको अन्तवार्ता खारेज गरेको छ ।

सह–सचिव सरहको सूचना प्रविधि विज्ञको अन्तर्वार्ता बुधबार दिउँसो दुई बजे थियो । तर, अन्तरवार्ताको केही घण्टा अगाडि मात्रै लोकसेवा आयोगले सूचना निकाली अन्तर्वार्ता खारेज गरेको बताएको छ ।

खारेज हुनुको कारण भने केही पनि बताइएको छैन । सूचनामा देवीप्रसाद सुवेदी नामका उप–सचिवको हस्ताक्षर रहेको छ ।

लाेकसेवाले निकालेकाे सूचना

प्रतिक्रिया दिनुहोस्